![]() |
| माधवप्रसाद घिमिरे |
हामी नेपाली । हाम्रो देश नेपाल । भौगोलिक विपन्नताले पिल्सिएका । आर्थिक रुपमा पिछडिएका । शिक्षाको चेतना सबै ठाउँमा सहज पुुग्न नसकेको । हाम्रो देशको आर्थिक विपन्नता, राजनीतिक अस्थिरताका कारणले उत्पन्न समस्यामाथि राजगर्दै आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने क्रम तिब्र छ । विशेषतः नेपालमा पश्चिमा देशबाट धर्म परिवर्तन गराउनका लागि व्यापक रुपमा आर्थिक लगानी हुने क्रम जारी छ । एक गाउँ एक चर्चको नारा लिएर क्रिचियन धर्मका प्रचारकहरु बिहानबिहान हाम्रा घरदैलोमा धाइरहेछन् । हाम्रो इच्छा र अकाङ्क्षाअनुरुप समृद्धितिर लम्कन नसकेको हाम्रो देशमा सदिँयौदेखि चलिआएको परम्परागत धर्म र अस्तित्वलाई मास्ने अभिप्रायले आएको धर्म परिवर्तनको लहरले हामीलाई खुसी तुल्याउन सक्छ भन्ने लाग्दैन । उत्तरमा चीन र दक्षिणमा भारतजस्ता सम्पन्न, विशाल राष्ट्रले च्यापिएको सानो देश नेपाल । सुन्दर हिमाली नेपाल विश्वका धेरैजसो मान्छेलाई नेपाल र नेपालीको बारेमा थाहै छैन । कसैले बुद्ध जन्मेको देश भनेर चिन्दछन् भने कसैले सगरमाथाको देश भनेर चिन्दछन् । यो हाम्रो महत्वपूर्ण ख्याती हो । तर, विदेशी शक्तिहरुको इच्छा र अभिष्टमा केही वर्ष यता चलेको धर्म परिवर्तनको लहरले हाम्रो यो ख्यातीलाई निर्मुुल पार्ने त होइन ? यो गम्भीर विषय बनेको छ ।
विषेश गरी २०६२÷०६३ सालको जनआन्दोलनपछि व्यापक रुपमा धर्म परिवर्तन गराउने लहर चल्यो । संविधानमा उल्लिखित धर्म निरपेक्षताले प्राप्त गरेको कानूनी आधारका कारण आज हरेक हिन्दु वा बुद्धिष्टहरुलाई क्रिस्चियन बनाउने अभियानअन्तर्गत विद्यालयहरुमा लगानी भइरहेका छन् । गरिवीलाई आधार बनाएर धर्म परिवर्तन गराउने क्रमश बढेका कारण हिन्दु धर्म लगायत नेपालमा सनातनदेखि मानिआएका धर्महरुको अस्तित्वमा प्रश्न उठेको छ । क्रिचियन धर्मअनुकुुल हुनेगरी त्यहीअनुसार पाठ्यक्रमहरु निर्धारण हुुँदैछन् । धर्म परिवर्तनको प्रभावले गर्दा हाम्रा कला संस्कृति, रीतिरिवाज, रहनसहन, मौलिकता हराउँदै छ । राज्य निरिह हुुँदैछ । के यसले हाम्रो अस्तित्व रहन देला ?
लामो समयदेखि एकतन्त्र शासन प्रणालीमा थिचिएको नेपाली समाज आजको खुला समाजप्रति आकर्षित हुनु अवश्यक र समयको चाहना पनि हो । २०६२÷०६३ सालको जनआन्दोलनको चाहान पनि त्यही नै थियो । तर धर्म परिवर्तन गराउन विदेशीहरुलाई छुट दिनका लागि नेपालीहरुले आन्दोलन गरेकै थिएनन् ।
देशमा पहाडै पहाड र निम्न वर्गको जनसंख्या ज्यादा भएकाले पनि क्रिश्चियन धर्मका धार्मिक एजेण्डाहरुलाई धर्म परिवर्तनको अभियान चलाउन सजिलो भएको छ । राज्यले दिएको कानूनी आधारले गर्दा आर्थिक प्रलोभनमा पारेर, रोजगारीको अवसरहरु देखाएर क्रिश्चियन बनाउने कार्य अहिले तिब्र रुपमा चलिरहेकै छ । दुई छाक खान र लगाउने सहज नभएका अति गरिब नेपालीहरु उनीहरुको मोहमा जानु स्वभाविकै भो होला ।
नेपालमा आजसम्म धार्मिक युद्ध भएको इतिहास छैन । सुन्दर र शान्त नेपालका रुपमा परिचित छ, तर यो अब धेरै लामो समयसम्म सशनशीलता रहीरहला भन्न सकिन्नँ । विदेशी राष्ट्रहरुले पैसा खर्च खरेर हाम्रो देशमा चलाएको धर्म परिवर्तनको लहरले कहिले झडप वा टकराव गराउने हो भन्ने भन्न सकिने अवस्था त छैन, तर ढिलो चाँडो यो अवस्य हुुने संकेत देखिएको छ । तर पैसामा बिकेका हाम्रा राजनीतिज्ञहरुले अहिले नै यस विषयमा सोच्न र एजेण्डाका रुपमा बहसमा ल्याउन चाहेका छैनन् । किनकि उनीहरु नै यही अभियानका व्यक्तिहरुद्धारा पालितपोषित छन् भन्ने तथ्यहरु भित्रभित्रैबाट सुनिन्छ ।
अन्ततः नेपाल र नेपालीको अस्तित्व जोगाउन चाहने हो भने अहिले चलेको यो धर्म परिवर्तको लहरलाई निरुत्साहित गर्नु आवश्यक छ । बाघ आफ्नो शिकार खोज्न हिँड्छ र प्राप्त गर्छ तर अजिङ्गर एकै ठाउँमा बसेर आफ्नो आहारा प्राप्त गर्छ । आफूभन्दा शक्तिशाली भएकाले निरिह प्राणीहरु एकातिर बाघको शिकार बन्छन् भने अर्कोतिर अजिङ्गर हो भन्ने बुझ्दाबुझ्दै पनि सानोसानो गल्तीका कारण अजिङ्गरको शिकार बनेका हुन्छन् । हामी पनि धार्मिक अतिवादीहरुको चाहानामा रोटी, शिक्षा र रोजगारीको लोभमा धर्म परिवर्तन गर्दै जाने हो भने यस्तै शिकार बन्ने छौँ । बेलैमा सचेत रहेर हामीले परापूूर्वकालदेखि जुन धर्म मानिआएका छाँै, त्यही धर्मलाई समयानुकुुल परिमार्जन गर्दै, आत्मसाथ गर्दै अघि बढेमा हाम्रो पनि भविश्य उज्ज्वल छ । हाम्रो धर्मले हामीलाई प्रगति गर्न रोकेको छैन । विदेशीहरु हाम्रा धर्म बिरुद्ध नकरात्मक प्रचार गरेर हाम्रो अस्तित्वलाई तहजनहस पार्न चाहान्छन् । हामीले यसलाई बुुझेर अगाडी बढ्नु आजको आवश्यकता छ । रोटी, शिक्षा र रोजगारीसंग धर्म साटिँदै जाँदा सम्भवतः देशको अस्तित्व नै गुम्ने खतरा छ ।
‘मानिस ब्रेडले होइन, ब्रेनले सञ्चालित हुुुन्छ’ यो भनाइ विशेश्वरप्रसाद कोइरालाको हो । तर आज यो भनाइअनुसार हामीहरु सञ्चालित छौँ छैनौँ कुरा गहन बनेको छ ।
विषेश गरी २०६२÷०६३ सालको जनआन्दोलनपछि व्यापक रुपमा धर्म परिवर्तन गराउने लहर चल्यो । संविधानमा उल्लिखित धर्म निरपेक्षताले प्राप्त गरेको कानूनी आधारका कारण आज हरेक हिन्दु वा बुद्धिष्टहरुलाई क्रिस्चियन बनाउने अभियानअन्तर्गत विद्यालयहरुमा लगानी भइरहेका छन् । गरिवीलाई आधार बनाएर धर्म परिवर्तन गराउने क्रमश बढेका कारण हिन्दु धर्म लगायत नेपालमा सनातनदेखि मानिआएका धर्महरुको अस्तित्वमा प्रश्न उठेको छ । क्रिचियन धर्मअनुकुुल हुनेगरी त्यहीअनुसार पाठ्यक्रमहरु निर्धारण हुुँदैछन् । धर्म परिवर्तनको प्रभावले गर्दा हाम्रा कला संस्कृति, रीतिरिवाज, रहनसहन, मौलिकता हराउँदै छ । राज्य निरिह हुुँदैछ । के यसले हाम्रो अस्तित्व रहन देला ?
लामो समयदेखि एकतन्त्र शासन प्रणालीमा थिचिएको नेपाली समाज आजको खुला समाजप्रति आकर्षित हुनु अवश्यक र समयको चाहना पनि हो । २०६२÷०६३ सालको जनआन्दोलनको चाहान पनि त्यही नै थियो । तर धर्म परिवर्तन गराउन विदेशीहरुलाई छुट दिनका लागि नेपालीहरुले आन्दोलन गरेकै थिएनन् ।
देशमा पहाडै पहाड र निम्न वर्गको जनसंख्या ज्यादा भएकाले पनि क्रिश्चियन धर्मका धार्मिक एजेण्डाहरुलाई धर्म परिवर्तनको अभियान चलाउन सजिलो भएको छ । राज्यले दिएको कानूनी आधारले गर्दा आर्थिक प्रलोभनमा पारेर, रोजगारीको अवसरहरु देखाएर क्रिश्चियन बनाउने कार्य अहिले तिब्र रुपमा चलिरहेकै छ । दुई छाक खान र लगाउने सहज नभएका अति गरिब नेपालीहरु उनीहरुको मोहमा जानु स्वभाविकै भो होला ।
नेपालमा आजसम्म धार्मिक युद्ध भएको इतिहास छैन । सुन्दर र शान्त नेपालका रुपमा परिचित छ, तर यो अब धेरै लामो समयसम्म सशनशीलता रहीरहला भन्न सकिन्नँ । विदेशी राष्ट्रहरुले पैसा खर्च खरेर हाम्रो देशमा चलाएको धर्म परिवर्तनको लहरले कहिले झडप वा टकराव गराउने हो भन्ने भन्न सकिने अवस्था त छैन, तर ढिलो चाँडो यो अवस्य हुुने संकेत देखिएको छ । तर पैसामा बिकेका हाम्रा राजनीतिज्ञहरुले अहिले नै यस विषयमा सोच्न र एजेण्डाका रुपमा बहसमा ल्याउन चाहेका छैनन् । किनकि उनीहरु नै यही अभियानका व्यक्तिहरुद्धारा पालितपोषित छन् भन्ने तथ्यहरु भित्रभित्रैबाट सुनिन्छ ।
अन्ततः नेपाल र नेपालीको अस्तित्व जोगाउन चाहने हो भने अहिले चलेको यो धर्म परिवर्तको लहरलाई निरुत्साहित गर्नु आवश्यक छ । बाघ आफ्नो शिकार खोज्न हिँड्छ र प्राप्त गर्छ तर अजिङ्गर एकै ठाउँमा बसेर आफ्नो आहारा प्राप्त गर्छ । आफूभन्दा शक्तिशाली भएकाले निरिह प्राणीहरु एकातिर बाघको शिकार बन्छन् भने अर्कोतिर अजिङ्गर हो भन्ने बुझ्दाबुझ्दै पनि सानोसानो गल्तीका कारण अजिङ्गरको शिकार बनेका हुन्छन् । हामी पनि धार्मिक अतिवादीहरुको चाहानामा रोटी, शिक्षा र रोजगारीको लोभमा धर्म परिवर्तन गर्दै जाने हो भने यस्तै शिकार बन्ने छौँ । बेलैमा सचेत रहेर हामीले परापूूर्वकालदेखि जुन धर्म मानिआएका छाैँ, त्यही धर्मलाई समयानुकुुल परिमार्जन गर्दै, आत्मसाथ गर्दै अघि बढेमा हाम्रो पनि भविश्य उज्ज्वल छ । हाम्रो धर्मले हामीलाई प्रगति गर्न रोकेको छैन । विदेशीहरु हाम्रा धर्म बिरुद्ध नकरात्मक प्रचार गरेर हाम्रो अस्तित्वलाई तहजनहस पार्न चाहान्छन् । हामीले यसलाई बुुझेर अगाडी बढ्नु आजको आवश्यकता छ । रोटी, शिक्षा र रोजगारीसंग धर्म साटिँदै जाँदा सम्भवतः देशको अस्तित्व नै गुम्ने खतरा छ ।

No comments:
Post a Comment