माधवप्रसाद घिमिरे
२०१३ चैत २० गतेबाट नेपालमा सहकारीको सुरुवात भएको हो । यसैलाई आधार मानेर प्रत्येक वर्ष चैत २० गतेको दिनलाई नेपालमा राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइदै आएको छ । समयको विकासक्रमसंगसंगै सहकारीको आवश्यकता दिनप्रतिदिन बढ्दै गयो । सहकारी संस्थाहरु खुल्ने क्रम जारी नै रह्यो । सहकारीको बिकाससंगगंगै यसका विषयबस्तुुहरु, सिद्धान्त, अदर्श र मूल्यमान्यताका सन्दर्भमा धेरै चर्चा परिचर्चा भएकै छन् । भइरहने छन् । यहाँनिर चर्चा गर्न आवश्यक बनेको छ वर्तमान सहकारीहरुको गतिविधि र तिनका सञ्चालकहरुको व्यवहार, रहनसहन, बोली, लवाइखवाई र जीवनशैली ।
सहकारीका अगुवा भनिएकाहरुले सहकारीहरु नै आज गरिवमारा भएका छन् । उनीहरु सहकारी माध्यमबाट आफ्नो अभिष्ठ पूरा गर्दै नेता बन्ने अभियानमा लागेका छन् । त्यो पनि सामन्तवादी शैलीमा । सहकारी शेयर सदस्यमैत्री हुनुपर्ने हो तर आज सञ्चालकमैत्री भएका छन् । उनीहरुले सञ्चालन गरेका सहकारीहरुले लिने व्याज र शुल्क कुनै साहुुमहाजनले लिनेभन्दा कम छैन । अर्को शब्दमा भन्ने हो भने संस्थागत रुपमा जन्मिएको नवसामन्तवाद । जतिसुकै राजनीतिक परिवर्तन भए पनि विचार परिवर्तन भएको छैन । सहकारीको आवरणमा यहाँ भलाद्मी शैलीमा दिनानुदिन लुटतन्त्र मच्चिएको छ । गरिवलाई ठगेर सानदार शैलीमा सेन्ट र आलिसान सुविधासहित हिँडडुल गर्नेहरु नै सहकारीको तालिम, गोष्ठीका नाममा भाषण ठोक्न थाकेका छैनन् । सहकारीभित्र बढ्दै गरेको अन्याय र अत्याचार बिरुद्ध बोल्नेहरु कोही छैनन् । ठूलाठालु भनाउँदाहरुले जे भन्यो त्यही सदर ! बस् सहकारी । फरक यति मात्र हो व्यक्तिगत र संस्थागत । पहिला साहुुमहाजनले व्यक्तिगत रुपमा व्याज असुल्थे भने अहिले संस्थागत रुपमा अधिकाँश सहकारीहरुले अशुल्छन् । सहकारी संस्थाहरु आज सामन्तवादीहरुको चक्रब्यूूहमा फसेको छ । सहकारी आज मेरो हुुन सकेको छैन । निमुखाहरुका लागि सहकारी खुलेकै देखिएन । सहकारीले गर्ने कारोवार, लिने व्याज, गर्ने व्यवहार लगायत आदि कुराहरु ती सहकारीहरुको शेयर सदस्यहरुको हितमा भन्दा पनि त्यसका सञ्चालकहरुको निगाह र वक्सीसमा केन्द्रित छ ।
सहकारी संस्थाहरुको नियमन गर्ने निकाय सहकारी विभाग, सहकारी विकास वोर्ड, डिभिजन सहकारी कार्यालय पनि सहकारीका नेताहरुको अनुकुल नै छन् । नीति, नियम सानालाई लाग्ने हो । कमपुँजी भएका सहकारीहरुलाई नियम लाग्छ । साधारणसभामा भत्ता दिएर शक्तिमा रहेकाहरुलाई मख्ख पार्दै शेयर सदस्य डस्ने सहकारीहरुलाई नियम लाग्दैन । सहकारीका हाकिमहरुलाई पनि पन्छन सजिलो छ । नीति, नियम बनाउने नेताहरु हुुन् । हामी कार्यान्वयन गर्ने मात्र हो भने भइहाल्यो । तर त्यसको कार्यान्वयन कसरी गरेका छौँ भनेर मुूल्याङ्कन गरेका छन् त ? के नियम अनुसार सहकारीले व्याज लिनेदिने गरेका छन् । तिनीहरुको खर्च पारदर्शी छ ? यो विषयमा अध्ययन गर्नुु जरुरी छ ।
भन्छन् ‘आफूू नमरीकन स्वर्ग देखिदैन’ यो हाम्रा अग्रजहरुले भनेको उखान आज सहकारी सम्बन्धि विषवस्तुका बारेमा केही कुराहरु लेख्दै गर्दा याद आयो । सहकारीले गर्ने ज्यादति त्यस सहकारीको शेयर सदस्य बनेपछि मात्रै विस्तृत रुपमा थाह हुन आउँछ । वर्षैपिच्छे हुने साधारणसभामा मनको तितो पोख्नुबाहेक शेयर सदस्यहरुको कुनै भूमिका हुँदैन । सिस्टम र नियमका कुरा सिकाउन माहिर सहकारीका धनीहरु व्यवहारिक हुन सकेजस्तो लाग्दैन । अविकसित देश, अस्थिर सरकार र चाकडीवादमा अल्झेको हाम्रो समाजमा गर्जो त जेनतेन टार्ला तर उन्नति गर्न सक्दैन । किनकि उसले लिने ऋणमा सेवाशुल्क लगायतका विभिन्न शुल्कहरु असुलेर सञ्चालकहरु मोजमस्ती गर्न तल्लीन छन् । गरिव र दुखीहरुको पीडा धनीले बुझ्न सक्दैन । राजनीतिक दलका आवरणमा हुुर्केका हाम्रा सहकारीका नेता भनिएका केही सहकारीका सञ्चालकहरुको निगाह र बक्सीसमा सहकारी अन्दोलनले सफलता हासिल गर्न सक्छ भन्ने आशा गर्नु र मुुसाको सिङ खोज्नु उस्तै नै होला भन्दा पनि फरक नपर्ला ।
सहकारीभित्रको कालोबादल नहटेसम्म सहकारी दिवस मनाउँदैमा केही पनि नवीनता आउन सक्दैन । आश गर्नुु भनेको मुसाको सिङ खोज्नुजस्तै हो । सहकारीमा आफ्नो कब्जा जमाएर बसेका सामन्तवादीहरुको हालीमुहाली रहेसम्म सहकारी आन्दोन र दिवसले कुुनै सफलता हात पार्न सक्छ भन्ने लाग्दैन । जय सहकारी !