Monday, April 3, 2017

सामन्तवादीहरुको ‘चक्रव्युह’मा सहकारी

माधवप्रसाद घिमिरे
२०१३ चैत २० गतेबाट नेपालमा सहकारीको सुरुवात भएको हो । यसैलाई आधार मानेर प्रत्येक वर्ष चैत २० गतेको दिनलाई नेपालमा राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइदै आएको छ । समयको विकासक्रमसंगसंगै सहकारीको आवश्यकता दिनप्रतिदिन बढ्दै गयो । सहकारी संस्थाहरु खुल्ने क्रम जारी नै रह्यो । सहकारीको बिकाससंगगंगै यसका विषयबस्तुुहरु, सिद्धान्त, अदर्श र मूल्यमान्यताका सन्दर्भमा धेरै चर्चा परिचर्चा भएकै छन् । भइरहने छन् । यहाँनिर चर्चा गर्न आवश्यक बनेको छ वर्तमान सहकारीहरुको गतिविधि र तिनका सञ्चालकहरुको व्यवहार, रहनसहन, बोली, लवाइखवाई र जीवनशैली ।
सहकारीका अगुवा भनिएकाहरुले सहकारीहरु नै आज गरिवमारा भएका छन् । उनीहरु सहकारी माध्यमबाट आफ्नो अभिष्ठ पूरा गर्दै नेता बन्ने अभियानमा लागेका छन् । त्यो पनि सामन्तवादी शैलीमा । सहकारी शेयर सदस्यमैत्री हुनुपर्ने हो तर आज सञ्चालकमैत्री भएका छन् । उनीहरुले सञ्चालन गरेका सहकारीहरुले लिने व्याज र शुल्क कुनै साहुुमहाजनले लिनेभन्दा कम छैन । अर्को शब्दमा भन्ने हो भने संस्थागत रुपमा जन्मिएको नवसामन्तवाद । जतिसुकै राजनीतिक परिवर्तन भए पनि विचार परिवर्तन भएको छैन । सहकारीको आवरणमा यहाँ भलाद्मी शैलीमा दिनानुदिन लुटतन्त्र मच्चिएको छ । गरिवलाई ठगेर सानदार शैलीमा सेन्ट र आलिसान सुविधासहित हिँडडुल गर्नेहरु नै सहकारीको तालिम, गोष्ठीका नाममा भाषण ठोक्न थाकेका छैनन् । सहकारीभित्र बढ्दै गरेको अन्याय र अत्याचार बिरुद्ध बोल्नेहरु कोही छैनन् । ठूलाठालु भनाउँदाहरुले जे भन्यो त्यही सदर ! बस् सहकारी । फरक यति मात्र हो व्यक्तिगत र संस्थागत । पहिला साहुुमहाजनले व्यक्तिगत रुपमा व्याज असुल्थे भने अहिले संस्थागत रुपमा अधिकाँश सहकारीहरुले अशुल्छन् । सहकारी संस्थाहरु आज सामन्तवादीहरुको चक्रब्यूूहमा फसेको छ । सहकारी आज मेरो हुुन सकेको छैन । निमुखाहरुका लागि सहकारी खुलेकै देखिएन । सहकारीले गर्ने कारोवार, लिने व्याज, गर्ने व्यवहार लगायत आदि कुराहरु ती सहकारीहरुको शेयर सदस्यहरुको हितमा भन्दा पनि त्यसका सञ्चालकहरुको निगाह र वक्सीसमा केन्द्रित छ ।   
सहकारी संस्थाहरुको नियमन गर्ने निकाय सहकारी विभाग, सहकारी विकास वोर्ड, डिभिजन सहकारी कार्यालय पनि सहकारीका नेताहरुको अनुकुल नै छन् । नीति, नियम सानालाई लाग्ने हो । कमपुँजी भएका सहकारीहरुलाई नियम लाग्छ । साधारणसभामा भत्ता दिएर शक्तिमा रहेकाहरुलाई मख्ख पार्दै शेयर सदस्य डस्ने सहकारीहरुलाई नियम लाग्दैन । सहकारीका हाकिमहरुलाई पनि पन्छन सजिलो छ । नीति, नियम बनाउने नेताहरु हुुन् । हामी कार्यान्वयन गर्ने मात्र हो भने भइहाल्यो । तर त्यसको कार्यान्वयन कसरी गरेका छौँ भनेर मुूल्याङ्कन गरेका छन् त ? के नियम अनुसार सहकारीले व्याज लिनेदिने गरेका छन् । तिनीहरुको खर्च पारदर्शी छ ? यो विषयमा अध्ययन गर्नुु जरुरी छ ।
भन्छन् ‘आफूू नमरीकन स्वर्ग देखिदैन’ यो हाम्रा अग्रजहरुले भनेको उखान आज सहकारी सम्बन्धि विषवस्तुका बारेमा केही कुराहरु लेख्दै गर्दा याद आयो । सहकारीले गर्ने ज्यादति त्यस सहकारीको शेयर सदस्य बनेपछि मात्रै विस्तृत रुपमा थाह हुन आउँछ । वर्षैपिच्छे हुने साधारणसभामा मनको तितो पोख्नुबाहेक शेयर सदस्यहरुको कुनै भूमिका हुँदैन । सिस्टम र नियमका कुरा सिकाउन माहिर सहकारीका धनीहरु व्यवहारिक हुन सकेजस्तो लाग्दैन । अविकसित देश, अस्थिर सरकार र चाकडीवादमा अल्झेको हाम्रो समाजमा गर्जो त जेनतेन टार्ला तर उन्नति गर्न सक्दैन ।  किनकि उसले लिने ऋणमा सेवाशुल्क लगायतका विभिन्न शुल्कहरु असुलेर सञ्चालकहरु मोजमस्ती गर्न तल्लीन छन् । गरिव र दुखीहरुको पीडा धनीले बुझ्न सक्दैन । राजनीतिक दलका आवरणमा हुुर्केका हाम्रा सहकारीका नेता भनिएका केही सहकारीका सञ्चालकहरुको निगाह र बक्सीसमा सहकारी अन्दोलनले सफलता हासिल गर्न सक्छ भन्ने आशा गर्नु र मुुसाको सिङ खोज्नु उस्तै नै होला भन्दा पनि फरक नपर्ला ।
सहकारीभित्रको कालोबादल नहटेसम्म सहकारी दिवस मनाउँदैमा केही पनि नवीनता आउन सक्दैन । आश गर्नुु भनेको मुसाको सिङ खोज्नुजस्तै हो । सहकारीमा आफ्नो कब्जा जमाएर बसेका सामन्तवादीहरुको हालीमुहाली रहेसम्म सहकारी आन्दोन र दिवसले कुुनै सफलता हात पार्न सक्छ भन्ने लाग्दैन । जय सहकारी !

शिक्षा क्षेत्रमा फस्टाएको वेथिति र विकृति


माधवप्रसाद घिमिरे
शहरमा बग्रेल्ती खुलेका नीजि विद्यालयको भीडमा सरकारी विद्यालयहरुको लोकप्रियता घट्दो छ । सहरका प्राय सबै सरकारी स्कुलको अवस्था नाजुक छ । कोठाभाडामा बसेर ज्यालामजदुरी गर्ने, साहुमहाजनको घरमा नोकरचाकर बस्ने, सडकपेटीमा नाङ्ला पसल गरेर जीविका धान्ने, कलकारखाना र उद्योगमा मजदुरी गर्नेका छोराछोरी नभए उहिल्यै सहरका सरकारी विद्यालयका कक्षाकोठा बन्द भइसक्थे । सरकारी विद्यालयमा पढाउने शिक्षकहरु नै आफ्ना छोराछोरीले राम्रो शिक्षा हासिल गर्छन् भनेर निजि विद्यालयमा भर्ना गरिदिन्छन् । आफ्ना छोराछोरी निजि विद्यालयमा भर्ना गरेपछि उनीहरुलाई आफुले पढाउने विद्यालयमा काम ठग्न पनि सजिलै नै हुने भयो । पढाउँदा पनि ठीक, नपढाउँदा पनि ठीक । यसो भनीरहँदा धेरैलाई नमिठोपनि लाग्ला, तर वास्तविकता लुक्दैन । यति मात्र कहाँ हो र सरकारी विद्यालयका शिक्षकहरु नै निजि विद्यालयको सञ्चालक बनेर व्यापार गरिरहेछन् । यसका उदाहरणहरु अनगिन्ती छन् । विहान वेलुका भारी बोक्ने, मजदुरी गरेर खानेसंग निजि विद्यालयमा छोराछोरी पढाउन सक्ने हैसियत हुँदैन । सरकारीमा पढाउन पढाइनै हुँदैन । आफ्ना छोराछोरीलाई शिक्षित बनाउने चाहाना सबैलाई हुन्छ । उचित शिक्षादिक्षा पाउने अधिकार सबैको हुुन्छ । 
सरकारले आर्थिक वर्ष २०७३÷०७४ को नीति तथा कार्यक्रममा आधारभूूत शिक्षामा सबै नागरिकहरुको हक सुनिश्चित गदै कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने उल्लेख गरेको छ । सरकारी विद्यालय र निजी विद्यालयहरुबीचको शैक्षिक गुुणस्तरको अन्तर घटाइने छ भनिएको छ । विगतका कार्यक्रमहरुमा पनि यस्तै योजनाहरु समावेश नभएको भने होइन् । बर्षैपिच्छे संसदमा सुनाइने र बहस गरिने सुुन्दर अक्षरले लेखिएका नीति तथा कार्यक्रम भित्र समेटिएका विषयवस्तु मात्र कार्यान्वयनमा आएको भए पनि हाम्रो देशको शैक्षिक स्तरमा आमुल परिवर्तन हुने थियो । विगत १० वर्षका नीति तथा कार्यक्रममा समेटिएका विषयवस्तुहरु मात्र कार्यान्वयन भएको भए पनि हाम्रो देशका शिक्षा जगतमा निकै उपलब्धि हुने थियो । अत्यन्त गुणस्तर अत्यन्त प्रभावकारी हुनेथियो । बर्षैपिच्छे हुने सरकार परिवर्तन र राजनीतिक दलहरुको खिचातानीले बनाइएका नीति तथा कार्यक्रम लागुु गर्ने निकायहरुमा पनि प्रत्यक्ष प्रभाव पार्दछ । सरकार परिवर्तनसँगसँगै शैक्षिक क्षेत्रसँग सम्बन्धित निकायहरुमा हुने कर्मचारीहरुको सरुवाबढुुवाको चलखेलले त झन् शैक्षिक क्षेत्रको वेथितिलाइ मलजल गरेको छ । भ्रष्टाचारलाई सहयोग पुु¥याएको छ । जवाफदेहिता, पारदर्शितालाई शुन्यता तिर धकेल्दै छ ।
हाम्रो देशको अस्थिर राजनीति र शिक्षा क्षेत्रमा परेको राजनीतिक प्रभावले शिक्षा क्षेत्रमा धेरै नराम्रो असर पारेको छ । क्षमता नभएकाहरु सोर्सफोर्स लगाएर जागीर खान्छन् । अनी राजनीतिक आवरणमा अभिभावक र विद्यार्थीलाई सताउने काम गर्छन् ।

त्यसो त राज्य पनि जिम्मेवार छैन् । शैक्षिक संस्थालाईलाई कम्पनीमा दर्ता गरेर खुुलेलाम व्यापार गर्ने लाइसेन्स वितरण गरिरहेको छ । यो विषयमा चासो दिएर कुरा उठाउने हिम्मतवाला न कोही अभिभावक नै छन् । न कुनै राजनीतिज्ञ । शैक्षिक माफियाहरुलाई भने रातारात कमाउने र मालामाल हुने व्यवसायका रुपमा परिणत भएका छन् ।
यसरी शिक्षा क्षेत्रमा देखिएको विकृतिले कहिलेसम्म प्रशय पाउने हो ? राज्यले निशुल्क दिने सुविधा आज वेथितिका कारण अवमुल्ययन भइरहेको छ । तिनै शैक्षिक माफियाहरुले दिने शिक्षा आज अमुल्य भइरहेछ । यस्तो निर्लज्ज राज्यमा गरिवले पनि उचित शिक्षा पाउने अधिकार सुुरक्षित छ भने भनीदेउ । शिक्षामा देखिएको वेथिति रोक । जनताले तिरेको करबाट तलव खाने शिक्षकलाई नीजि विद्यालयको सञ्चालक हुनबाट रोक । राज्यले प्रदान गर्ने सुविधाको सही प्रयोग गर्दै गुुुणस्तरीय शिक्षा प्राप्त गर्नवाट आमनागरिकले बञ्चित हुनुु नपरोस् ।

मानिस जन्मेपछि उचित शिक्षादिक्षा प्राप्त गर्नु उसको नैसर्गिक अधिकार हो । आज यही नैसर्गिक अधिकारको प्रयोग गर्नका लागि मानिसलाई धेरै कठिन पर्न थालेको छ । राज्यले जनतालाई निशुल्क सेवा दिन स्थापना गरेका विद्यालयहरुको व्यवस्थापन नहुुँदा गरिव जनताका छोराछोरी उचित शिक्षादिक्षा प्राप्त गर्नबाट बञ्चित छन् भने निजि विद्यालय सञ्चालन गरेर शिक्षाका नाममा जनताको ढाड सेक्नेगरी शुल्क उठाएर मोजमस्ती गर्ने, शिक्षाका नाममा व्यापार गर्नेहरुलाई प्रोत्साहन मिलेको छ । केही निजि विद्यालयहरुले मनपरी शुल्क असुल्दै आफुखुसी पाठ्यक्रम लागुु गरेर पढाउने गरेका कुराहरु पनि सार्वजनिक भएकै छन् । यसो हुँदा पनि हाम्रो देशमा प्रशासकहरु तिनलाई कारवाही गर्ने हैसियतसम्म राख्न सक्दैनन् । निजि विद्यालय सञ्चालन गर्न अनुमति दिने त्यही सरकारले सरकारी तलव खाने सामुदाकि विद्यालयका शिक्षकहरुलाई राजनीतिक दलहरुको झण्डामुनि रहेर राजनीति गर्न छुट दिएको मात्र छैन् सामुदायिक विद्यालयमा अध्ययन गर्ने अवोध वावु नानीहरुप्रति अन्याय गरेको छ । राजनीतिक दलका भातृसंस्थाका नेता भनाउँदाहरुलाई यस्ता निजि विद्यालयहरु कमाइ गरी खाने भाँडो बनेको छ । एउटा नारा लिएर तालाबन्दि गर्छन, अनि चन्दा पाएपछि चुप लागेर बस्छन् । सधै मारमा पर्ने विद्यार्थी र अभिभावक नै हो ।

रेमिट्यान्समा अल्झेको हाम्रो आथिक अवस्था

माधवप्रसाद घिमिरे
देशमा रोजगारीको सहज अवसर सिर्जना नहुँदा हाम्रा कयाँै दाजुुभाइ तथा दिदीबहिनीहरु विदेशिने क्रम बढेको छ । त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्रै दैनिक १५०० जना भन्दा बढि युवा जनशक्तिहरु देशबाट पलायन भइरहेका छन् । रोजगारीका लागि कतार, साउदी, मलेसियालगायतका देशहरुमा जानका लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय धाउनेहरुको संख्या उल्लेख्य छ । विद्यालय तह सकिना साथ युवाहरु शिक्षा र रोजगारीका लागि भन्दै शहर पस्ने प्रचलन उल्लेख्य छ । गाउँमै उच्च माध्यामिक तहको शिक्षा हासिल गर्ने अवसर भए पनि रोजेअनुसार उपयुक्त विषय पढ्नका लागि शहरबजार पस्ने तथा विदेशिने गरेका उदाहरणहरु प्रशस्त छन् ।  युवा जनशक्ति गाउँबाट पलायन हुँदा गाउँका पाखापखेरा बाँझिने क्रममा छन् । काम गर्न सक्ने क्षमता भएका जनशक्तिहरु विदेशिदा वा शहरतिर पलायन हुुँदा कृषि उत्पादन दैनिक रुपमा घट्दो अवस्थामा छ । छोरो विदेशको भूमिमा रगत पसिना बगाउँदा बुवाआमा गाउँघरमा खेताला खोज्न व्यस्त हुुन्छन् । तरकारी तथा फलफूलमा समेत विदेशमा भर पर्नुुपर्ने अवस्था छ । देशमा उत्पादन गर्ने क्षमता घट्दै जाँदा आम्दानीको स्रोतहरु क्रमशः बन्द हुुँदैछन् । देशमा उत्पादन नहुँदा बिहान उठेदेखि बेलुका नसुतुन्जेलसम्म प्रयोग गर्ने उपभोग्य वस्तुुका लागि विदेशीहरुमा भर पर्नुपर्ने हाम्रो बाध्यता दिनानुदिन बढ्दो अवस्थामा छ । हाम्रा कर्मशील युवा जनशक्ति विदेशका कुनाकन्दरामा पसिना बगाउन व्यस्त हुुँदा गाउँमा बाआमालाई अस्पतालसम्म पुु¥याउने कोही हुुँदैनन् । बाँझिनै लागेका खेतबारीमा मानो रोपेर मुरी फलायउने कोही हुँदैनन् । विदेशबाट आउने रेमिट्यान्समा अल्झेको हाम्रो आथिक । विदेशमा रगत र पसिना बगाउने, विदेशमा कमाएर स्वदेशमा पठाउने अनि फेरि उपभोग्य सामग्री खरिदका लागि विदेशमै पैसा पठाउने हाम्रो परम्पराले कति दिनसम्म थेग्ला । विदेशबाट आउने रेमिट्यान्समा अल्झेको हाम्रो आथिक अवस्था कहिलेसम्म टिक्ला । धान्ला । काम गर्ने युवा जनशक्ति बिदेशिने, अनि हाम्रो देश कस्ले बनाउने ? प्रश्न गम्भीर छ ।
राजनीतिक दलहरुलाई भोट भए पुुग्छ । केही वर्षमा हुने निर्वाचनमा भाषणका लागि मसला बन्छन् यी समस्याहरु । तर उनीहरु जितेर राज्यको निकायमा गइसकेपछि प्रभावकारी कदम चाल्न तल्लीन भएर लागेको देखिँदैन । बजेटमा आँखा लाउँछन् केवल आफ्ना आसेपासे कार्यकर्ताहरुको चित्त बुझाउनका लागि । सरकारको नीति ग्रामीण क्षेत्रको विकासका लागि पर्याप्त नहुँदा र स्थानीय तहमा राज्यको उपस्थिति र भूूमिका समन्वयकारी र प्रभावकारी नहुँदा गाउँहरु रितिने क्रममा छन् । महत्वपूर्ण सरकारी निकायका प्रमुखहरु जनतालाई सेवा प्रदान गर्नेभन्दा पनि विभिन्न बाहना बनाएर सदरमुकाम बस्ने, काजमा सरुवा मिलाएर सुविधासम्पन्न स्थानमा जाने गरेका कारण धेरै समस्याहरु उत्पन्न हुने गरेका उदाहरणहरु प्रशस्तै छन् ।
अत ः विदेशमा पसिना वगाएर हाम्रा युवाहरुले पठाएको रेमिट्यान्सले हाम्रो आर्थिक अवस्थालाई दीर्घकालसम्म धान्न सक्दैन । देशमा नै रोजगारीका अवसरहरु सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु हामी सबैको जिम्मेवारी हो । यसलाइृ मनन् गरी स्थानीयस्तरमा नै रोजगारीको अवसरहरु सृजना गरी आर्थिक उन्नतिको ढोका खोल्न राजनीतिक दलहरु, सरकारी निकायहरु, बुद्धिजीविहरु, सामाजिक अगुवाहरु सबै क्रियाशील भएर लाग्नुपर्ने आजको टड्कारो आवश्यकता छ ।

रोटी र शिक्षासँग साटिँदै धार्मिक अस्तित्व

‘मानिस ब्रेडले होइन, ब्रेनले सञ्चालित हुुुन्छ’ यो भनाइ विशेश्वरप्रसाद कोइरालाको हो । तर आज यो भनाइअनुसार हामीहरु सञ्चालित छौँ छैनौँ कुरा गहन बनेको छ ।
माधवप्रसाद घिमिरे

हामी नेपाली । हाम्रो देश नेपाल । भौगोलिक विपन्नताले पिल्सिएका । आर्थिक रुपमा पिछडिएका । शिक्षाको चेतना सबै ठाउँमा सहज पुुग्न नसकेको । हाम्रो देशको आर्थिक विपन्नता, राजनीतिक अस्थिरताका कारणले उत्पन्न समस्यामाथि राजगर्दै आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने क्रम तिब्र छ । विशेषतः नेपालमा पश्चिमा देशबाट धर्म परिवर्तन गराउनका लागि व्यापक रुपमा आर्थिक लगानी हुने क्रम जारी छ । एक गाउँ एक चर्चको नारा लिएर क्रिचियन धर्मका प्रचारकहरु बिहानबिहान हाम्रा घरदैलोमा धाइरहेछन् । हाम्रो इच्छा र अकाङ्क्षाअनुरुप समृद्धितिर लम्कन नसकेको हाम्रो देशमा सदिँयौदेखि चलिआएको परम्परागत धर्म र अस्तित्वलाई मास्ने अभिप्रायले आएको धर्म परिवर्तनको लहरले हामीलाई खुसी तुल्याउन सक्छ भन्ने लाग्दैन । उत्तरमा चीन र दक्षिणमा भारतजस्ता सम्पन्न, विशाल राष्ट्रले च्यापिएको सानो देश नेपाल । सुन्दर हिमाली नेपाल विश्वका धेरैजसो मान्छेलाई नेपाल र नेपालीको बारेमा थाहै छैन । कसैले बुद्ध जन्मेको देश भनेर चिन्दछन् भने कसैले सगरमाथाको देश भनेर चिन्दछन् । यो हाम्रो महत्वपूर्ण ख्याती हो । तर, विदेशी शक्तिहरुको इच्छा र अभिष्टमा केही वर्ष यता चलेको धर्म परिवर्तनको लहरले हाम्रो यो ख्यातीलाई निर्मुुल पार्ने त होइन ? यो गम्भीर विषय बनेको छ । 
विषेश गरी २०६२÷०६३ सालको जनआन्दोलनपछि व्यापक रुपमा धर्म परिवर्तन गराउने लहर चल्यो । संविधानमा उल्लिखित धर्म निरपेक्षताले प्राप्त गरेको कानूनी आधारका कारण आज हरेक हिन्दु वा बुद्धिष्टहरुलाई क्रिस्चियन बनाउने अभियानअन्तर्गत विद्यालयहरुमा लगानी भइरहेका छन् । गरिवीलाई आधार बनाएर धर्म परिवर्तन गराउने क्रमश बढेका कारण हिन्दु धर्म लगायत नेपालमा सनातनदेखि मानिआएका धर्महरुको अस्तित्वमा प्रश्न उठेको छ । क्रिचियन धर्मअनुकुुल हुनेगरी त्यहीअनुसार पाठ्यक्रमहरु निर्धारण हुुँदैछन् । धर्म परिवर्तनको प्रभावले गर्दा हाम्रा कला संस्कृति, रीतिरिवाज, रहनसहन, मौलिकता हराउँदै छ । राज्य निरिह हुुँदैछ । के यसले हाम्रो अस्तित्व रहन देला ?
लामो समयदेखि एकतन्त्र शासन प्रणालीमा थिचिएको नेपाली समाज आजको खुला समाजप्रति आकर्षित हुनु अवश्यक र समयको चाहना पनि हो । २०६२÷०६३ सालको जनआन्दोलनको चाहान पनि त्यही नै थियो । तर धर्म परिवर्तन गराउन विदेशीहरुलाई छुट दिनका लागि नेपालीहरुले आन्दोलन गरेकै थिएनन् ।
देशमा पहाडै पहाड र निम्न वर्गको जनसंख्या ज्यादा भएकाले पनि क्रिश्चियन धर्मका धार्मिक एजेण्डाहरुलाई धर्म परिवर्तनको अभियान चलाउन सजिलो भएको छ । राज्यले दिएको कानूनी आधारले गर्दा आर्थिक प्रलोभनमा पारेर, रोजगारीको अवसरहरु देखाएर क्रिश्चियन बनाउने कार्य अहिले तिब्र रुपमा चलिरहेकै छ । दुई छाक खान र लगाउने सहज नभएका अति गरिब नेपालीहरु उनीहरुको मोहमा जानु स्वभाविकै भो होला ।
नेपालमा आजसम्म धार्मिक युद्ध भएको इतिहास छैन । सुन्दर र शान्त नेपालका रुपमा परिचित छ, तर यो अब धेरै लामो समयसम्म सशनशीलता रहीरहला भन्न सकिन्नँ । विदेशी राष्ट्रहरुले पैसा खर्च खरेर हाम्रो देशमा चलाएको धर्म परिवर्तनको लहरले कहिले झडप वा टकराव गराउने हो भन्ने भन्न सकिने अवस्था त छैन, तर ढिलो चाँडो यो अवस्य हुुने संकेत देखिएको छ । तर पैसामा बिकेका हाम्रा राजनीतिज्ञहरुले अहिले नै यस विषयमा सोच्न र एजेण्डाका रुपमा बहसमा ल्याउन चाहेका छैनन् । किनकि उनीहरु नै यही अभियानका व्यक्तिहरुद्धारा पालितपोषित छन् भन्ने तथ्यहरु भित्रभित्रैबाट सुनिन्छ । 
अन्ततः नेपाल र नेपालीको अस्तित्व जोगाउन चाहने हो भने अहिले चलेको यो धर्म परिवर्तको लहरलाई निरुत्साहित गर्नु आवश्यक छ । बाघ आफ्नो शिकार खोज्न हिँड्छ र प्राप्त गर्छ तर अजिङ्गर एकै ठाउँमा बसेर आफ्नो आहारा प्राप्त गर्छ । आफूभन्दा शक्तिशाली भएकाले निरिह प्राणीहरु एकातिर बाघको शिकार  बन्छन् भने अर्कोतिर अजिङ्गर हो भन्ने बुझ्दाबुझ्दै पनि सानोसानो गल्तीका कारण अजिङ्गरको शिकार बनेका हुन्छन् । हामी पनि धार्मिक अतिवादीहरुको चाहानामा रोटी, शिक्षा र रोजगारीको लोभमा धर्म परिवर्तन गर्दै जाने हो भने यस्तै शिकार बन्ने छौँ । बेलैमा सचेत रहेर हामीले परापूूर्वकालदेखि जुन धर्म मानिआएका छाँै, त्यही धर्मलाई समयानुकुुल परिमार्जन गर्दै, आत्मसाथ गर्दै अघि बढेमा हाम्रो पनि भविश्य उज्ज्वल छ । हाम्रो धर्मले हामीलाई प्रगति गर्न रोकेको छैन ।  विदेशीहरु हाम्रा धर्म बिरुद्ध नकरात्मक प्रचार गरेर हाम्रो अस्तित्वलाई तहजनहस पार्न चाहान्छन् । हामीले यसलाई बुुझेर अगाडी बढ्नु आजको आवश्यकता छ । रोटी, शिक्षा र रोजगारीसंग धर्म साटिँदै जाँदा सम्भवतः देशको अस्तित्व नै गुम्ने खतरा छ ।

‘मानिस ब्रेडले होइन, ब्रेनले सञ्चालित हुुुन्छ’ यो भनाइ विशेश्वरप्रसाद कोइरालाको हो । तर आज यो भनाइअनुसार हामीहरु सञ्चालित छौँ छैनौँ कुरा गहन बनेको छ ।
हामी नेपाली । हाम्रो देश नेपाल । भौगोलिक विपन्नताले पिल्सिएका । आर्थिक रुपमा पिछडिएका । शिक्षाको चेतना सबै ठाउँमा सहज पुुग्न नसकेको । हाम्रो देशको आर्थिक विपन्नता, राजनीतिक अस्थिरताका कारणले उत्पन्न समस्यामाथि राजगर्दै आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने क्रम तिब्र छ । विशेषतः नेपालमा पश्चिमा देशबाट धर्म परिवर्तन गराउनका लागि व्यापक रुपमा आर्थिक लगानी हुने क्रम जारी छ । एक गाउँ एक चर्चको नारा लिएर क्रिचियन धर्मका प्रचारकहरु बिहानबिहान हाम्रा घरदैलोमा धाइरहेछन् । हाम्रो इच्छा र अकाङ्क्षाअनुरुप समृद्धितिर लम्कन नसकेको हाम्रो देशमा सदिँयौदेखि चलिआएको परम्परागत धर्म र अस्तित्वलाई मास्ने अभिप्रायले आएको धर्म परिवर्तनको लहरले हामीलाई खुसी तुल्याउन सक्छ भन्ने लाग्दैन । उत्तरमा चीन र दक्षिणमा भारतजस्ता सम्पन्न, विशाल राष्ट्रले च्यापिएको सानो देश नेपाल । सुन्दर हिमाली नेपाल विश्वका धेरैजसो मान्छेलाई नेपाल र नेपालीको बारेमा थाहै छैन । कसैले बुद्ध जन्मेको देश भनेर चिन्दछन् भने कसैले सगरमाथाको देश भनेर चिन्दछन् । यो हाम्रो महत्वपूर्ण ख्याती हो । तर, विदेशी शक्तिहरुको इच्छा र अभिष्टमा केही वर्ष यता चलेको धर्म परिवर्तनको लहरले हाम्रो यो ख्यातीलाई निर्मुुल पार्ने त होइन ? यो गम्भीर विषय बनेको छ । 
विषेश गरी २०६२÷०६३ सालको जनआन्दोलनपछि व्यापक रुपमा धर्म परिवर्तन गराउने लहर चल्यो । संविधानमा उल्लिखित धर्म निरपेक्षताले प्राप्त गरेको कानूनी आधारका कारण आज हरेक हिन्दु वा बुद्धिष्टहरुलाई क्रिस्चियन बनाउने अभियानअन्तर्गत विद्यालयहरुमा लगानी भइरहेका छन् । गरिवीलाई आधार बनाएर धर्म परिवर्तन गराउने क्रमश बढेका कारण हिन्दु धर्म लगायत नेपालमा सनातनदेखि मानिआएका धर्महरुको अस्तित्वमा प्रश्न उठेको छ । क्रिचियन धर्मअनुकुुल हुनेगरी त्यहीअनुसार पाठ्यक्रमहरु निर्धारण हुुँदैछन् । धर्म परिवर्तनको प्रभावले गर्दा हाम्रा कला संस्कृति, रीतिरिवाज, रहनसहन, मौलिकता हराउँदै छ । राज्य निरिह हुुँदैछ । के यसले हाम्रो अस्तित्व रहन देला ?
लामो समयदेखि एकतन्त्र शासन प्रणालीमा थिचिएको नेपाली समाज आजको खुला समाजप्रति आकर्षित हुनु अवश्यक र समयको चाहना पनि हो । २०६२÷०६३ सालको जनआन्दोलनको चाहान पनि त्यही नै थियो । तर धर्म परिवर्तन गराउन विदेशीहरुलाई छुट दिनका लागि नेपालीहरुले आन्दोलन गरेकै थिएनन् ।
देशमा पहाडै पहाड र निम्न वर्गको जनसंख्या ज्यादा भएकाले पनि क्रिश्चियन धर्मका धार्मिक एजेण्डाहरुलाई धर्म परिवर्तनको अभियान चलाउन सजिलो भएको छ । राज्यले दिएको कानूनी आधारले गर्दा आर्थिक प्रलोभनमा पारेर, रोजगारीको अवसरहरु देखाएर क्रिश्चियन बनाउने कार्य अहिले तिब्र रुपमा चलिरहेकै छ । दुई छाक खान र लगाउने सहज नभएका अति गरिब नेपालीहरु उनीहरुको मोहमा जानु स्वभाविकै भो होला ।
नेपालमा आजसम्म धार्मिक युद्ध भएको इतिहास छैन । सुन्दर र शान्त नेपालका रुपमा परिचित छ, तर यो अब धेरै लामो समयसम्म सशनशीलता रहीरहला भन्न सकिन्नँ । विदेशी राष्ट्रहरुले पैसा खर्च खरेर हाम्रो देशमा चलाएको धर्म परिवर्तनको लहरले कहिले झडप वा टकराव गराउने हो भन्ने भन्न सकिने अवस्था त छैन, तर ढिलो चाँडो यो अवस्य हुुने संकेत देखिएको छ । तर पैसामा बिकेका हाम्रा राजनीतिज्ञहरुले अहिले नै यस विषयमा सोच्न र एजेण्डाका रुपमा बहसमा ल्याउन चाहेका छैनन् । किनकि उनीहरु नै यही अभियानका व्यक्तिहरुद्धारा पालितपोषित छन् भन्ने तथ्यहरु भित्रभित्रैबाट सुनिन्छ । 
अन्ततः नेपाल र नेपालीको अस्तित्व जोगाउन चाहने हो भने अहिले चलेको यो धर्म परिवर्तको लहरलाई निरुत्साहित गर्नु आवश्यक छ । बाघ आफ्नो शिकार खोज्न हिँड्छ र प्राप्त गर्छ तर अजिङ्गर एकै ठाउँमा बसेर आफ्नो आहारा प्राप्त गर्छ । आफूभन्दा शक्तिशाली भएकाले निरिह प्राणीहरु एकातिर बाघको शिकार  बन्छन् भने अर्कोतिर अजिङ्गर हो भन्ने बुझ्दाबुझ्दै पनि सानोसानो गल्तीका कारण अजिङ्गरको शिकार बनेका हुन्छन् । हामी पनि धार्मिक अतिवादीहरुको चाहानामा रोटी, शिक्षा र रोजगारीको लोभमा धर्म परिवर्तन गर्दै जाने हो भने यस्तै शिकार बन्ने छौँ । बेलैमा सचेत रहेर हामीले परापूूर्वकालदेखि जुन धर्म मानिआएका छाैँ, त्यही धर्मलाई समयानुकुुल परिमार्जन गर्दै, आत्मसाथ गर्दै अघि बढेमा हाम्रो पनि भविश्य उज्ज्वल छ । हाम्रो धर्मले हामीलाई प्रगति गर्न रोकेको छैन ।  विदेशीहरु हाम्रा धर्म बिरुद्ध नकरात्मक प्रचार गरेर हाम्रो अस्तित्वलाई तहजनहस पार्न चाहान्छन् । हामीले यसलाई बुुझेर अगाडी बढ्नु आजको आवश्यकता छ । रोटी, शिक्षा र रोजगारीसंग धर्म साटिँदै जाँदा सम्भवतः देशको अस्तित्व नै गुम्ने खतरा छ ।

Sunday, March 19, 2017

नदेखिएको ललितपुर र राजधानी केन्द्रीत पत्रकारिता

माधवप्रसाद घिमिरे
सुन्नेलाइ सुगम, देख्ने र भोग्नेले दुर्गम जिल्ला भनेर चिन्न सक्ने जिल्ला ललितपुरलाई राज्यको विकासे निकायले मात्र होइन हाम्रो पत्रकारिता क्षेत्रले समेत न्याय गर्न सकेको छैन । भौगोलिक विकटतासंगै आर्थिक, सामाजिक र सुचना प्रविधिको विकासले समेत पीछडिएको ललितपुरका पहाडी भेगका जनताको दिनचर्या निकै नै कष्टकर छ । राजधानीको कोपुण्डोलदेखि अति विकट पारिएको क्षेत्रमा रहेको ठुलादुर्लुङको कपिराङसम्मको भूभागमा ३८५ वर्ग कि.मी. भित्र सीमित जिल्ला हो ललितपुर । समुन्द्र सतहबाट ४५७ मिटरदेखि २८३१ मिटरसम्मको उचाईभित्र पर्ने भूभाग कोपुण्डोल र कपिराङ, माल्टा र मंगलबजार, गिम्दी र गोदावरी, इकुडोल र इमाडोल, गोटिखेल र लगनखेल सुन्दा नजिक जस्तो लागेपनि पुग्न त्यति सहजै छैन । सुन्दा उस्तै लाग्ने तर देख्दा उदेक लाग्ने । जिल्ला एउटै भए पनि काभ्रे र मकवानपुरसंग जोडिएको कपिराङका करिब ९८ घर परिवारको दैनिकी र कुपण्डोलका बासिन्दाहरुको दैनिकीमा कुनै पनि हिसावले समानता पाइदैन । 
पछिल्लो जनगणना २०६८ अनुसार ४,६८,१३२ जनसङ्ख्या र १२१६ व्यक्ति÷वर्ग कि.मी. जनघनत्त्व रहेको ललितपुरको दुई तिहाइ भाग विकासका दृष्टिकोणले कर्णाली र सुविधाका दृष्टिले बत्ती मुनीको अँध्यारोका रुपमा रहेको भेग हो  । हामीले नै यहाँका भूभागहरुलाई नियालेर हेर्न हो भने पत्रकारितामा ललितपुरले न्याय पाएको छैन । विकासका कुरा, समानताका कुरा, सामाजिक न्यायका कुरा, आर्थिक उन्नतीका कुरा उठाइएकै छैन । जिल्लाको कुल भूभागमध्ये दुई तिहाइ भाग पहाड तथा दुर्गममा पर्दछ । तर हामी सुगमलाई हेर्दै समाचार कोरिरहेका छौ । 
पत्रपत्रिका र पत्रकारको हिसावले हेर्ने हो भने ललितपुर कमजोर देखिदैन । किनकी यहाँ करिव ५०० को हाराहारीमा नै पत्रपत्रिकाहरु दर्ता भइसकेका छन् । ललितपुरबाटै निस्कने राजधानी दैनिक र हिमालखवर पत्रिका साथै अन्य स्थानीय पत्रपत्रिकाहरु समेत छन् । पत्रिका मात्रै होइन, पत्राकारहरु पनि त्यही हाराहारीमा नै छन् । पत्रकार महासंघको अहिलेको तथ्याङ्कलाई हेर्ने हो भने पनि पत्रिकाको संख्याभन्दा बढि नै संख्यामा ललितपुर पत्रकार महासंघका सदस्यहरु रहेका छन् । ललितपुरको दक्षिणी भेग जुन भेगले जिल्लाको राजनीतिको रेखा निर्धारण गर्छ । आज त्यही भेग पछाडी पारिएको सन्दर्भमा पत्रकारिताले न्याय गर्नै सकेको छैन । 
इकुडोलका पूर्व गाविस अध्यक्ष गोपाल सञ्जेलकै सल्लाहमा २०६२ असोज ५ गतेका दिन अमृतनाथ तिमल्सिना प्रकाशक र कार्यकारी सम्पादक रमेशप्रसाद तिमल्सिना रहेको ललित सन्देश नामक पत्रिका दर्ता भई सञ्चालनमा आएको हो । त्यसपछि जिल्लाका स्थानीय पत्रकारहरु नै संलग्न भएर स्थानीय स्तरमा पत्रिका सञ्चालनमा व्यापकता आयो । अहिले पनि जिल्लामा स्थानीय समाचारहरुलाई प्राथामिकता दिएर प्रकाशित हुने पत्रिकामा केवल औलामा गन्न सकिन मात्रै छन् । दिगो दृष्टि, मानव आवाज र अनलाइन पत्रिका र ललित सन्देश अहिले पनि निरन्तर प्रकाशित भइरहेका छन् । 
स्थानीय पत्रकारितामा क्रियाशील पत्रकारहरुको पनि कमी छैन । तर कमी छ पीछडिएको क्षेत्रको विषयलाई नियमित रुपमा उठान गर्ने क्षमताको, शक्तिको । उजागर गर्ने शक्तिको, दवाव दिने क्षमताको । आज ललितपुरको पत्रकारिताले यो दिन सकिरहेको छैन । नेता वा पार्टी विशेषका मुखपत्रका रुपमा रहन चाहाने पत्रपत्रिकाहरूले विकास पत्रकारिता गर्न खोज्नेहरूलाई समेत चुनौती थपिदिएका छन् । त्यसकारण पनि नदेखिएको ललितपुरको दर्दलाई स्थानीय पत्रपत्रिकाहरुले समेट्न सकेको छैन । समग्र देशले देखेको यो उपत्यकाभित्र रहेको ललितपुरको मात्रै वयान गरेर नदेखिएको त्यो पहाडी ललितपुरलाई पत्रकारिताले अन्याय गरिरहेको छ । राजधानी केन्द्रीत पत्रकारिताले आज समग्र ललितपुरको प्रतिनिधित्व गरिरहेको छैन । राजधानी केन्द्रीत पत्रकारिता आज नदेखिएको ललितपुरको बाधक बनेको हो कि भन्ने भान हुन्छ । 
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले सम्पादन गरेका कामकारवाहीको मुल्याङकन गर्दै आम नागरिकलाइ सत्यतथ्य र जनपक्षिय समाचार सम्प्रेशन गर्ने राज्यको चौथो अंगका रुपमा स्वीकारिएको पत्रकारिता क्षेत्रले ललितपुरको भूभागलाई छुन सकेको छैन । हाम्रो पत्रकारिताले स्थानीय जनजीविकाका सवालमा लेखेको छैन । किसानहरुको पीडा, आमा, दिदीहरुको पीडा लेखिएकै छैन । समग्रमा भन्ने हो भने दक्षिण ललितपुरको दर्दलाई बुझ्न सकेको छैन । पत्रपत्रिकाले बुझ्न सकेको छैन । श्रृङ्खलाबद्ध रुपमा उठान गर्न सकेको छैन । सरोकारवाला निकायलाई खवरदारी गर्न सकेको छैन । 
हाम्रो पत्रकारिताले गाउँका भाषा, शैली र दिनचर्या समेट्न सकेके छैन । गाउँको सचेतना तथा भौतिक सेवा सुविधाका सकारात्मक पाटाहरू प्रस्तुत गर्न सकेको छैन । समग्रमा भन्ने हो भने विकास पत्रकारिताको पक्षलाई समात्न सकेको छैन । विकास पत्रकारिता भनेको गाउँको ढुकढुकी नै हो । यी विषयवस्तुहरूमा हामीले एकाग्रन नसकेकै कारण आज विकास पत्रकारिता हराएको छ । सकारात्मक प्रयासहरू र गाउँले जनजीवनलाई प्राथमिकता दिएर समाचार प्रकाशन गर्न सकेनौँ । राजनीतिक दलका नेताहरुको चाकडीमा अल्झेर विकासे अड्डाका चिल्ला कुरामा अड्किएर विकास पत्रकारिताका कुरा मात्र गरेर समय खेर फाल्ने काम गरिरहेछौ । नदेखिएको ललितपुरलाई उजागर गर्नेगरी पत्रकारिता हुनै सकेको छैन । 
ललितपुर जिल्लाको दक्षिणी भेग जहाँ खानेपानीको सहज व्यवस्थापन छैन्, किसानले उत्पादन गरेको दुध बजारसम्म सहज रुपमा आउने वातावरण अझै पनि छैन । किसानले आफुले उत्पादन गरेको उपजको उपयुक्त मुल्य पाउन सकेको छैन । यातायातको सहजता छैन, खेतवारीमा उत्पादन भएका तरकारी तथा कृषिजन्य उत्पादनलाई सहज रुपमा बजारसम्म ल्याउने व्यवस्था छैन । आफूूले उत्पादन गरेको फलफुुल तरकारी सहज रुपमा बजार ल्याएर बिक्री वितरण गरी आयआर्जन गर्न सकिरहेका छैनन् । नदेखिएको ललितपुरका यी नै कुरा आज किन हाम्रा पत्रिकाका हेडलाइन बन्न सकिरहेका छैनन् । कारण हामीले यो विषयलाई छुनै सकेका छैनौ । यो हामी ललितपुरका सबै पत्रकारहरुले स्वीकार गर्नु पर्छ । राजधानी केन्द्रीत पत्रकारितालाई विकेन्द्रीत गर्दै गाउँ–गाउँ, बस्ती–बस्तीका खबरहरुलाई उजागर गर्न हाम्रा कलमहरु तिखारिनु आवश्यक छ ।